उपनिर्वाचनको परिणाम : एमाले तीनै क्षेत्रमा तेस्रो  « Khabarhub

उपनिर्वाचनको परिणाम : एमाले तीनै क्षेत्रमा तेस्रो 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीन वटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।

त्यतिमात्र होइन एमालेले मंसिर ४ को निर्वाचन भन्दा यसपटक कम मत प्राप्त गरेको छ। चितवन–२ मा मंसिरमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ७ सय ५२ मत पाएका थिए । अहिले रामप्रसाद न्यौपानेले पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत पाए। सो निर्वाचन क्षेत्रबाट न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त गरे ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् ।

यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार मत पनि कटाउन सकेनन् । उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए । खनालले गत ४ मंसिरको चुनावमा एमाले उम्मेदवार एकबहादुर रानाले पाएको भन्दा साढे ११ हजार कम मत पाए । त्यसबेला नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जित्दा एमालेका रानाले १९ हजार ९८१ मत ल्याएका थिए ।

अहिले सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । विजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।

बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।  सो क्षेत्रबाट विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए । विजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परे । यो क्षेत्रमा ४ मंसिरको चुनावमा एमालेले समानुपातिकतर्फ ९ हजार १९३ मत पाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ०० बजे

एनपीएल क्रिकेट : लुम्बिनीले गुमायो पहिलो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली

झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो

झापा– नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो

एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध कर्णाली फिल्डिङमा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत पहिलो

योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुर बेरोजगार

बाँके– बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो

उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ