उपनिर्वाचनको परिणाम : एमाले तीनै क्षेत्रमा तेस्रो  « Khabarhub

उपनिर्वाचनको परिणाम : एमाले तीनै क्षेत्रमा तेस्रो 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीन वटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।

त्यतिमात्र होइन एमालेले मंसिर ४ को निर्वाचन भन्दा यसपटक कम मत प्राप्त गरेको छ। चितवन–२ मा मंसिरमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ७ सय ५२ मत पाएका थिए । अहिले रामप्रसाद न्यौपानेले पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत पाए। सो निर्वाचन क्षेत्रबाट न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त गरे ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् ।

यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार मत पनि कटाउन सकेनन् । उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए । खनालले गत ४ मंसिरको चुनावमा एमाले उम्मेदवार एकबहादुर रानाले पाएको भन्दा साढे ११ हजार कम मत पाए । त्यसबेला नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जित्दा एमालेका रानाले १९ हजार ९८१ मत ल्याएका थिए ।

अहिले सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । विजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।

बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।  सो क्षेत्रबाट विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए । विजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परे । यो क्षेत्रमा ४ मंसिरको चुनावमा एमालेले समानुपातिकतर्फ ९ हजार १९३ मत पाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ०० बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा