राष्ट्रियसभाबाट आज अध्यागमन विधेयक पारित गरिने | Khabarhub Khabarhub

राष्ट्रियसभाबाट आज अध्यागमन विधेयक पारित गरिने


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको बैठक पनि आज बस्ने भएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ।

यस्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अध्यागमन विधेयक २०७६ ’ छलफल र पारितका लागि पेस गर्ने कार्यसूची  संसद् सचिवालयले सार्वजनिक गरेको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजदेखि नियमित रुपमा सुचारु हुन लागेको हो । उनी हिजो स्वदेश फर्केका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : २० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको