राष्ट्रियसभाबाट आज अध्यागमन विधेयक पारित गरिने « Khabarhub

राष्ट्रियसभाबाट आज अध्यागमन विधेयक पारित गरिने


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको बैठक पनि आज बस्ने भएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ।

यस्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अध्यागमन विधेयक २०७६ ’ छलफल र पारितका लागि पेस गर्ने कार्यसूची  संसद् सचिवालयले सार्वजनिक गरेको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजदेखि नियमित रुपमा सुचारु हुन लागेको हो । उनी हिजो स्वदेश फर्केका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : २० बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे