आत्मघाती गोल उपहार पाउँदा उल्भ्स विजयी « Khabarhub

आत्मघाती गोल उपहार पाउँदा उल्भ्स विजयी


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा उल्भ्स विजयी भएको छ ।

मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

उल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टीमा गोल हानेको थियो ।

पहिलो हाफको सुरुवाती अर्थात् तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट उल्भ्सले १–० को अग्रता लिन सफल भयो । इन्ज्युरी समयको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै उल्भ्सको जित पक्का गरे ।

यस जितसँगै उल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ, समान ३७ अंक रहेको क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ४० बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि