अमेरिकी सेना फिर्तीको दिन काबुलमा विस्फोट गराउने आइएसआईएसका नेता मारिए « Khabarhub

अमेरिकी सेना फिर्तीको दिन काबुलमा विस्फोट गराउने आइएसआईएसका नेता मारिए


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काबुल – काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा २०२१ को आत्मघाती बम विस्फोट गराउने आइएसआईएसका नेता मारिएका छन् ।

तालिवान सरकारले आइएसआईएसका ती नेतालाई मारेको सीएनएनले जनाएको छ। उसका अनुसार तालिवान प्रशासनले आइएसआईएसका ती नेताको नाम भने अझै सार्वजनिक गरेको छैन।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको अन्तिम दिनमा उनको निर्देशनमा भएको आत्मघाती विस्फोटमा परी १३ अमेरिकी सैनिक तथा १७० भन्दा बढी अफगान नागरिकले ज्यान गुमाएका थिए ।

अमेरिकाका रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । ‘आज भयानक आक्रमणको मास्टरमाइन्ड भएको आतंककारीलाई तालिवान सरकारले मारेको खबर छ’ उनले भनेका छन् ।

तर, किर्बीले तालिबानले आइएसआईएसका नेतालाई कहिले मारे ? भन्ने बारेमा कुनै जानकारी भने दिएनन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ५४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो