गफ गरेर मात्र विकास हुँदैन | Khabarhub Khabarhub

गफ गरेर मात्र विकास हुँदैन

'उपनिर्वाचनले पुराना दललाई सच्चिने अवसर दिएको छ'


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

देशमा उपनिर्वाचन सम्पन्न भइसकेको छ। उपनिर्वाचनको परिणामले नयाँ दलको आकर्षण देखाएको छ। अहिलेको उपनिर्वाचनबाट आएका दुई नेताबाट मात्र परिवर्तन सम्भव छैन। तर केही सुधार गर्न सक्छन्। उपनिर्वाचनले पुराना दललाई सच्चिएर अगाडि बढ्न निर्देशन दिएको छ। समसामयिक राजनीतिक घटनाक्रम र उपनिर्वाचनको परिणाममा केन्द्रित भएर संवैधानिक कानुनका जानकार प्राध्यापक गणेशदत्त भट्टसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको देशको अवस्था के हो ?
देशका नेताले वा राज्यका अंगले जनताका माग र आवश्यकता पुरा नगरेको कारणले यो व्यवस्थाप्रति र संविधानप्रति वितृष्णा बढेको छ। संविधानको भावना अनुसार राज्यका अंगले काम गर्न सकेनन्। यसले गर्दा बारम्बार निर्वाचन गर्नुपर्ने अवस्था आएको छ। नेपाली जनताको भविष्य उज्ज्वल छ है भनेर भन्ने अवस्था छैन। राज्यले सुविधा दिन नसक्ने अवस्था भयो। यो स्थितिको अन्त्य गर्न हामीले सरकारलाई सक्रिय बनाउनुपर्छ। राजनीतिक नेतृत्व नसच्चिए यो देश कुनै न कुनै दिन ठूलो दुर्घटनामा जानसक्छ।

दल र नेतृत्वले संविधान र लोकतन्त्रलाई आफ्नो पक्षमा पार्न कस्तो दाउपेच गरेका छन् ?
हामीले खोजेको राजनेता हो। तर हाम्रोमा नेता मात्र भए। जबसम्म राष्ट्र निर्माणको एजेन्डा बोकेर नेतृत्व आउँदैन तबसम्म विकास हुँदैन। नेतृत्व इमानदार हुनुपर्छ। संविधान राम्रो भएर केही हुँदैन। त्यसलाई कार्यान्वयनमा लाने राजनीतिक नेतृत्वसमेत असल हुनुपर्छ। द्वन्द्व पीडितले न्याय पाएका छैनन्। प्रतिबद्धता धेरै गर्ने तर त्यसमा विश्वास कहिल्यै नराख्ने काम भएको छ। नियमावली बनाउन हामी निकै सिपालु भयौं तर कार्यान्वयनमा धेरै पछाडि परेका छौं।
मंसिरको चुनाव र वैशाखको उपनिर्वाचनलाई कसरी बुझ्ने ?
सचेत र जागरूक मतदाताले निर्णय लिएका छन्। अब नेपाली जनता जसले राष्ट्र निर्माणको एजेन्डा बोकेको छ उसलाई मात्र मत हाल्ने देखिन्छ। जनता जसले सुविधा दिनसक्छ उसैतर्फ आकर्षित भएको अवस्था छ। जो राम्रो एजेन्डा लिएर आएको व्यक्तिलाई जनताले हौसला दिएका छन्। त्यसैले पुराना दलहरूले हामी पुराना हौँ भनेर बस्ने अवस्था छैन। अब उनीहरूले निषेधको राजनीति गर्नु हुँदैन। अबको नेतृत्वले प्रतिगमनका कुरा र गफ गरेर मात्र हुँदैन। जनतामा चेत आइसकेको छ।

उपनिर्वाचनको मत परिणामलाई कसरी लिने त ?
राष्ट्र निर्माणको लागि जो मान्छेले योगदान दिन्छ। त्यसलाई जनताले हौसला दिनुपर्छ। डा. स्वर्णिम वाग्लेलाई जनताले अवसर दिएका छन्। चितवनबाट रवि लामिछानेलाई फेरि लोकप्रिय मत दिएका छन्। कुनै पनि व्यक्ति जनताबाट अनुमति लिएर राजनीतिमा आउँछ र उसँग देश निर्माण गर्ने क्षमता छ भने हामीले उसलाई स्वागत गर्नुपर्छ। जनताले परिवर्तन खोजेका छन्। त्यसैले क्षमता भएको देश र जताका लागि जसले काम गर्नसक्छ उसको साथमा जनता छन्। अब पुरानो पाराले कुनै पनि दल टिक्न सक्दैनन् भन्ने सन्देश उपनिर्वाचनले दिएको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ०१ बजे

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको

नीति तथा कार्यक्रममा समेटियो श्रम मन्त्रालयका ८ बूँदा

काठमाडौं – सरकारले आज संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष