बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह « Khabarhub

बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवेदन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह वा संस्थाका लागि सूचना प्रकाशन गरेको हो । 

आवश्यक मापदण्ड पूरा गरेका बालगृहलाई सञ्चालन गर्ने अनुमति दिने व्यवस्था रहेको छ । परिषद्ले यसअघि अघिल्लो वर्ष पुस २१ गतेको सूचनामार्फत सूचित गरे पनि अझैसम्म सबै बालगृहबाट निवेदन प्राप्त हुन नसकेको हुँदा पुनः सूचना प्रकाशन गरेको हो ।

परिषद्बाट प्रकाशित सूचनामा अनुमति नलिइ बालगृह सञ्चालन गरेको पाइएमा त्यस्ता बालगृहलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको  छ । परिषद्ले सम्बन्धित स्थानीय तह तथा बालबालिकाका विषय हेर्ने प्रदेश मन्त्रालयलाई आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका बालगृहलाई उक्त जानकारी गराउन अनुरोध गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : ४२ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने