बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह « Khabarhub

बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवेदन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह वा संस्थाका लागि सूचना प्रकाशन गरेको हो । 

आवश्यक मापदण्ड पूरा गरेका बालगृहलाई सञ्चालन गर्ने अनुमति दिने व्यवस्था रहेको छ । परिषद्ले यसअघि अघिल्लो वर्ष पुस २१ गतेको सूचनामार्फत सूचित गरे पनि अझैसम्म सबै बालगृहबाट निवेदन प्राप्त हुन नसकेको हुँदा पुनः सूचना प्रकाशन गरेको हो ।

परिषद्बाट प्रकाशित सूचनामा अनुमति नलिइ बालगृह सञ्चालन गरेको पाइएमा त्यस्ता बालगृहलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको  छ । परिषद्ले सम्बन्धित स्थानीय तह तथा बालबालिकाका विषय हेर्ने प्रदेश मन्त्रालयलाई आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका बालगृहलाई उक्त जानकारी गराउन अनुरोध गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : ४२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम