नेपाल इन्टरनेट फाउन्डेसनद्वारा ‘डिजिटल टक’ सुरू « Khabarhub

नेपाल इन्टरनेट फाउन्डेसनद्वारा ‘डिजिटल टक’ सुरू


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्टरनेट फाउन्डेसनले वैशाखको पहिलो सातादेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू गरेको छ । उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरूमा केन्द्रित हुनेछ ।

उक्त फाउन्डेसनले सञ्चालन गर्ने पोडकास्टमा डिजिटल नेपाल फ्रेमवर्क निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूसँग संवाद गरिनेछ ।

फाउण्डेसनले आयोजना गरेको पाेडकास्टमा सरकारी अधिकारी, प्रविधि प्रेमी, नागरिक समाज, व्यवसायी र निजी क्षेत्र जस्ता विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुने छन् । उनीहरुले डिजिटल नेपाल फ्रेमवर्कले देशको डिजिटल परिदृश्यलाइ कसरी रूपान्तरण गरिरहेको छ भन्ने बारेमा आफ्नो अन्तर्दृष्टि र अनुभवहरू राख्न सक्ने छन् ।

डिजिटल नेपाल फेमवर्क २०१९ ले देशमा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्धन गर्न नेपाल सरकारले विकास गरेको बृहत आयोजना हो । ढाँचाले दिगो आर्थिक बृद्धिलाइ समर्थन गर्ने, सरकारी सेवाहरूमा सुधार गर्ने नेपाली नागरिकहरुकाे जीवनस्तरमा सुधार गर्ने  डिजिटल पुर्वाधार निर्माण गर्ने लक्ष राखेको छ ।

पोडकास्टले डिजिटल फाउन्डेसन, कृषिका लागि डिजिटल,स्वास्थ्यका लागि डिजिटल, शिक्षाका लागि डिजिटल, पर्यटनका लागि डिजिटल, वित्तका लागि डिजिटल र सहरी पूर्वाधारका लागि डिजिटल जस्ता डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेट्नेछ ।

डिजिटल नेपाल फ्रेमवर्क बारे सचेतना र जानकारी प्रदान गर्न, डिजिटल नेपालका आयामहरूबारे छलफल गर्न, डिजिटल नेपालको सम्भावित रोडम्याप र सफलताको बारेमा छलफल गर्ने लक्ष्य राखेको छ ।

पोडकास्टको पहिलो शृंखला डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गर्दा महत्त्वपूर्ण भूमिका खेल्ने पूर्व सह(सचिव) बिरेन्द्र मिश्रको रहेको थियो भने अबको पोडकास्ट फ्रेमवर्क लेखनमा भूमिका खेल्ने आइसिटी विज्ञ मनोहर भट्टराईको रहेको सञ्चालक विक्रम श्रेष्ठले जानकारी दिए ।

श्रोताहरूले कसरी आफ्नो शिक्षा, व्यवसाय र दैनिक जीवनलाई बढाउन डिजिटल प्रविधिको लाभ उठाउन सक्छन् भन्ने बारे मूल्यवान् अन्तर्दृष्टि र व्यावहारिक ज्ञान प्राप्त गर्ने नेपाल इन्टरनेट फाउन्डेसनले आशा गरेको छ ।

पोडकास्ट युट्युयुब, स्पोटिफाई, एप्पल पोडकास्ट, हाम्रो पात्रो र नेपाल एफएममा सुन्न र हेर्न सकिने  बताइएकाे छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : ५० बजे

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय

काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज– यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो