कञ्चनपुर औलोको उच्च जोखिममा  « Khabarhub

कञ्चनपुर औलोको उच्च जोखिममा 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताए । ‘यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ’, उनले भने, ‘पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।’ उनले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताए ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा १६ जना औलो सङ्क्रमित थिए भने ३१ जना भारतबाट सङ्क्रमण भएर आएका थिए । आव २०७८-७९ मा सङ्क्रमित घटेर छ मा पुगे पनि आयातीत सङ्क्रमितको सङ्ख्या ३० थियो । चालु आवको हालसम्ममा सङ्क्रमित पाँचजना छन् भने भारतबाट सङ्क्रमित भएर आएका १७ औलो सङ्क्रमित छन् । 

भारतसँगको खुला सिमानाका कारण आयातीत औलो सङ्क्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा औलोको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ लगायतका क्षेत्रमा विषादी छर्किएको उनले बताए । 

‘मध्यम जोखिम भएका क्षेत्रमा झूल वितरण गरेका छौँ’, भट्टले भने, ‘सरकारको योजनाअनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’ उनले जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो औलोको सङ्क्रमण देखिने गरेको बताए । 

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिए। ‘औलोबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घर वरपरका खाल्डाखुल्डी पुर्ने औलो उन्मूलनका उपाय हुन्’, उनले भने, ‘महाकाली अस्पतालमा आउने औलो सङ्क्रमितलाई निःशुल्क उपचार गराइराखेका छौँ ।’ कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्सप्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : १० बजे

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा चलाइयो डोजर (तस्बिरहरू)

काठमाडौं– बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म