मापदण्ड विपरीत शुल्क लिने विद्यालयहरूलाई सचेत गराइने « Khabarhub

मापदण्ड विपरीत शुल्क लिने विद्यालयहरूलाई सचेत गराइने


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय अभिभावक संघले विद्यार्थी भर्ना अभियानसँगै तोकिएको मापदण्ड विपरीत शुल्क लिने विद्यालयहरूलाई सचेत गराउने भएको छ ।

संघको हालै सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशन लगत्तै बसेको केन्द्रीय समितिको बैठकले शैक्षिक सवालमा गम्भीरता पूर्वक अघि बढ्ने निर्णय गरेको सङ्घका राष्ट्रिय अध्यक्ष कोषबहादुर जिसीले जानकारी दिए ।

यस्तै, संघले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनिवार्य लागू गर्ने गराउने सवालमा सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण पनि गराउने जनाएको छ । साथै संघीय शिक्षा ऐन जारी गर्ने गराउने विषयमा नेपाल सरकारसँग अपिल गर्ने समेत संघले निर्णय गरेको छ ।

विद्यालयलाई शान्ति क्षेत्र बनाई बालबालिकाहरूलाई निर्बाध ढङ्गले पढ्ने पढाउने वातावरणमा सहयोग पुर्‍याउने तथा शैक्षिक गुणस्तरलाई विषय सुहाउँदो अभिवृद्धि गर्ने काममा शैक्षिक संस्थाहरूसँग सहकार्य गरी शैक्षिक सुधार गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष जिसीले जानकारी दिए ।

अधिवेशनले १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । नेपाल राष्ट्रिय अभिभावक संघको वैशाख २ गते काठमाडौँको धुम्बाराहीमा सम्पन्न भएको छैटौँ राष्ट्रिय अधिवेशनले कोषबहादुर जिसीको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

राष्ट्रिय अधिवेशनपछि वैशाख ९ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : १३ बजे

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय