बेलायती गायक फ्रेडीका सङ्ग्रह लिलामीमा बिक्री हुने « Khabarhub

बेलायती गायक फ्रेडीका सङ्ग्रह लिलामीमा बिक्री हुने


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लण्डन– प्रख्यात बेलायती गायक र गीतकार फ्रेडी मक्र्युरीका करिब १५ सय वस्तुको सङ्ग्रह, हस्तलिखित गीत र स्टेजमा गीत गाउँदा लगाएका पहिरन लिलामीमा बिक्री हुने भएको छ ।

लोकप्रिय पप व्याण्ड ‘क्वीन’का प्रमुख गायक फ्रेडीको वेस्ट लण्डनस्थित निवासमा रहेका ३० वर्ष यताका सङ्ग्रहको लिलामी हुन लागेको हो । गायकको सन् १९९१ मा निधन भएको थियो । उनले निधन अघि घर र आफ्ना सम्पूर्ण सामाग्री पुरानो साथी मेरी अस्टीनलाई छोडेका थिए ।

फ्रेडीको घरमा उनको निधन हुनु एक महिना अघि उनले किनेको अन्तिम चित्र पनि छ । यो चित्र सोफा नजिकै छ । जसको मूल्य चार लाखदेखि ६ लाख युरोसम्म राखिएको छ । फ्रेडीको हस्तलिखित नौ पृष्ठको गीत ‘वी आर द च्याम्पियन्स’सँगै हार्मोनी, कर्डलाई पनि लिलामी गरिनेछ । यसको मूल्य २ लाख यूरोदेखि ३ लाख यूरोसम्म तोकिएको छ ।

अस्टिन १९ वर्षको छँदा व्याण्ड ‘क्वीन’का गितारिष्ट ब्रायन मेसँग डेटमा थिइन् । उनले सन् १९७० मा फ्रेडीलाई पहिलो पटक भेटेकी थिइन् । फ्रेडीसँग नजिकको सम्बन्ध बनाएपछि मात्र फ्रेडीले अस्टिनलाई आफू ‘समलिंगी’ भएको बताएका थिए । फ्रेडीलाई एड्ससँग सम्बन्धित रोग लागेपछि उनको स्याहार अस्टिनले नै गरेकी थिइन् । अस्टिन अहिले ७२ वर्षकी भइन् ।

अस्टिनका अनुसार फ्रेडीले स्टेज प्रस्तुतिमा लगाएका क्याटसुट, चम्किलो जुत्ता, रातो मखलर र स्फटिक मुकुटसँगै सन् १९८० को दशकमा व्याण्डसँग गरेको अन्तिम यात्राका पहिरन पनि लिलामीमा राखिनेछ ।

फ्रेडीका १५ सय बढी सामानहरू सेप्टेम्बरमा लिलामीमा बेचिनु अघि लण्डनको सोथेबेमा प्रदर्शनका लागि राखिनेछन् । अस्टिनले लिलामीबाट करिब ६ लाख यूरो जम्मा हुने र केही रकम परोपकारका लागि दान दिइने बताइन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : १४ बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने