जनशक्ति अभावका नाममा सेवा प्रवाह रोकिनु हुँदैन : बेदराज सिंह « Khabarhub

जनशक्ति अभावका नाममा सेवा प्रवाह रोकिनु हुँदैन : बेदराज सिंह


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जनशक्ति अभावका नाममा सेवाप्रवाह रोकिन नहुने बताएका छन् । 

सदरमुकाम खलंगामा आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा उनले धेरै कार्यालय र प्रदेशस्थित मन्त्रालयमा जनशक्ति अभाव रहेको प्रसङ्ग उल्लेख गर्दै सेवा प्रवाह भने रोकिन नहुने बताए । मन्त्री सिंहले जनशक्ति व्यवस्थापनका लागि आफ्नो मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। 

‘जनशक्ति अभावले सेवा प्रवाह रोकिनु हुँदैन, जनतालाई दुःख दिनु हुँदैन, जनशक्ति व्यवस्थापनमा हाम्रो मन्त्रालयले केही गर्नुपर्छ भने भन्नुहोला, हामी सहमति दिन तयार छौँ’, उनले भने । मन्त्री सिंहले जनशक्ति अभावले बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको भए त्यसमा ध्यान दिइने बताए । उनले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । मन्त्री सिंहले तर्जुमा गरिएका योजनालाई नतिजामुखी बनाउन आवश्यक रहेको बताए । 

‘योजना तर्जुमा गरेर मात्र हुँदैन, त्यसलाई नतिजामुखी बनाउनुपर्छ, बजेट कार्यान्वयनका विषयमा अप्ठ्यारा छन्, निर्माण व्यवसायीका कारण भएको हो भने कडाइ गर्नुहोस्, प्राकृतिक विपत्तिबाहेक अन्य अवस्थामा ठेकेदार कम्पनीको म्याद नथप्नुहोस्’, मन्त्री सिंहले भने । विकासलाई गुणस्तरीय बनाउनसमेत मन्त्री उनले निर्देशन दिए । अबका योजनालाई नतिजामुखी बनाउनुको विकल्प नरहेको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : १७ बजे

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली