गड्डाचौकीबाट ठूला सवारी साधन सञ्चालनमा असहज हुँदा राजस्व संकलनमा असर « Khabarhub

गड्डाचौकीबाट ठूला सवारी साधन सञ्चालनमा असहज हुँदा राजस्व संकलनमा असर


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई  निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व संकलनमा असर पर्दै आएको छ ।

महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा ब्यारेज) बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर  पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत-जावत गर्न नदिँदा साना ट्रक, मोटरसाइकल एवं साइकलको क्यारियरमा सामान आयात गर्नुपर्ने बाध्यता छ ।

उद्योग वाणिज्य सङ्घलगायत यहाँका निजी क्षेत्रको लामो दबाब र पहलपछि बनबासा पुल केही वर्षयता दैनिक सात घण्टा खुल्न थालेको हो । यहाँबाट भारतका विभिन्न सहरबाट सामान आयात गर्न पुल नै बाधक बन्दा कञ्चनपुर भन्सार कार्यालयको राजस्व संकलनमा असर पर्दै आएको छ । कैलालीको त्रिनगर भन्सारबाट दैनिक ठूला सवारी साधनमा सामान आयात भइरहदा गड्डाचौकी भन्सारबाट भने साइकलको सहारामा सामान आयात हुँदै आएको छ ।

‘पुलमा मात्रै आवागमनका लागि समयसीमा हटाएको भए राजस्व वृद्धिका साथै कञ्चनपुरमा आर्थिक गतिविधि बढ्ने थियो।’ कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘अब महाकालीमा चार लेनको पक्की पुल बनेर उक्त नाका चालु भएपछि यहाँको आर्थिक गतिविधि सुदूरपश्चिमकै उच्च हुनेमा आशावादी छौँ ।’

दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण भए यो नाका मुलुककै आर्थिक नाकाका रूपमा विकास हुने बताउँदै उनले उद्योग वाणिज्य सङ्घकै पहलमा चार वर्षअघिसम्म दैनिक चार घण्टा मात्रै खुल्ने पुलको समायवधि सात घण्टा पुर्‍याइएको जानकारी दिए । ‘भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसितको समन्वयमा त्यो बेला पुल खुल्ने अवधि बढाइएको हो ।’ अध्यक्ष मल्लले भने-‘अहिले पनि हामीले पुल निर्वाध खुलाउनुपर्ने माग गरेका छौँ ।’

गड्डाचौकी नाकामार्फत सिमावर्ती भारतीय बजार बनबासा, खटिमा, बरेली, रुद्रपुर, नयाँ दिल्ली, मेरट, हल्द्धावानीलगायत स्थानबाट सामाग्री आयात हुन्छ ।
यहाँबाट दैनिक उपभोग्य सामाग्रीका साथै लत्ताकपडा, महिलाका सामान, तरकारी, फलफूल, कम्वल, दाल, भाडावर्तन तथा हार्डवेयरका सामाग्री बढी मात्रामा आयात हुन्छ । कञ्चनपुर भन्सार कार्यालयका अनुसार यहाँ विगत  तीन वर्षयता राजस्व संकलन मिश्रित खालको छ । 

भन्सार अधिकृत तेजबहादुर रावलले चालु आर्थिक वर्षमा राजस्व संकलन लक्ष्य रु ५८ करोड ९६ लाख ४४ हजार रहेकामा चैत मसान्तसम्म रु ३० करोड ७९ लाख ३९ हजार संकलन भएको बताएका छन् । उनले पुलको सीमित खुल्ने अवधि, ठूला सवारीसाधन गुडाउन परेको समस्यालगायत कारणले यहाँ राजस्व संकलनमा असर परेको बताए ।

वर्षात्का बेला महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दासाथ भारतीय पक्षले पुलमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ । 

‘सुख्खा बन्दरगाह बनेपछि त यहाँको प्रमुख नाका नै यही हुन्छ ।’ अधिकृत रावलले भने –’बीचको समयमा कोरोनाका कारण पनि राजस्व संकलनमा असर पर्‍यो।’ त्यसैगरी आर्थिक वर्ष २०७७-७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा ३७ करोड ३९ लाख २३ हजार संकलन भएको थियो ।

आर्थिक वर्ष २०७८-७९ मा भन्सार कार्यालयले रु ४६ करोड २२ लाख ३८ हजार राजस्व संकलन गरेकामा ५२ करोड ७७ लाख ६० हजार संकलनको लक्ष्य लिइएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : १५ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको