‘आज भोलि तिम्रै कुरा’ सार्वजनिक (भिडियो)  « Khabarhub

‘आज भोलि तिम्रै कुरा’ सार्वजनिक (भिडियो) 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘क्रस रोड्स-कथा तिम्रो र मेरो’ को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ ।

गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ । गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान देख्न सकिन्छ । भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्ममा अरविन्द राज गुरुङको निर्देशन छ ।

जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्स र निरेम प्रोडक्सन संयुक्त ब्यानरमा निर्मित फिल्ममा रिस्मा, गौरवसँगै यांकी योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ ।

अरविन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा रुपेनको सम्पादन, निक गोलेको मुख्य सहायक निर्देशन, फुप सोनाम भुटियाको कलर, चञ्चल थापाको छायांकन छ । फिल्ममा ऐनी राई लामा, जिग्मी लामा, नेवल लामाको लगानी छ ।

 फिल्ममा सिक्किमका रोविन गुरुङ र दार्जिलिङका शिखर थापा क्षेत्री र अलिसा क्षेत्री लाइन प्रोड्युसर छन् भने अर्विन्दराज गुरुङ (अर्विन्द राज प्रोडक्सन), विवेक लामा (गोल्डेन आवर फिल्मस्) र निकी गोले (निरेम प्रोडक्सन)  सह निर्माता छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : ४१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम