बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार सो निर्देशन गरेको हो । मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा आज यहाँ जारी परिपत्रमा अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ । 

परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरूले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । परिपत्रले जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।  

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ३५ बजे

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला– जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् काटिने

बागमती– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित

कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी,