तस्करीको समान बोकेको गाडी दुर्घटना, चार जना घाइते | Khabarhub Khabarhub

तस्करीको समान बोकेको गाडी दुर्घटना, चार जना घाइते


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा भारतीय बजारबाट तस्करीका समान बोकेर आएको सिरहा चोहर्वास्थितको नरहामा म्याजिक अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका छ्न् । प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समान सहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भइ म्याजिक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादब, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन् ।

घाईते मध्ये तीनजना यादव एकै परिवारका रहेका छन्। यात्रीसहित चिनी, मैदा, तेल बोकेको सेतो म्याजिक अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा उनीहरु घाईते भएको केसीले बताए । 

दुर्घटनालगत्तै गाडीका चालक फरार भएका छन्। घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरु सबैको लाइफ लङ हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले बताए।  गाडी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। गाडीमा रहेको समान कसको भन्ने खुल्नसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लै उपस्थिति रहे पनि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको र दिनप्रतिदिन चोरी तस्करी फस्टाएको स्थानीहरू बताउँछन्।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ३९ बजे

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो

महानगरको बजार अनुगमन : २२ वटा पसलमा भेटिए म्याद गुज्रिएका सामान

काठमाडौं– काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिनमा १३० वटा