तस्करीको समान बोकेको गाडी दुर्घटना, चार जना घाइते « Khabarhub

तस्करीको समान बोकेको गाडी दुर्घटना, चार जना घाइते


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा भारतीय बजारबाट तस्करीका समान बोकेर आएको सिरहा चोहर्वास्थितको नरहामा म्याजिक अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका छ्न् । प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समान सहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भइ म्याजिक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादब, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन् ।

घाईते मध्ये तीनजना यादव एकै परिवारका रहेका छन्। यात्रीसहित चिनी, मैदा, तेल बोकेको सेतो म्याजिक अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा उनीहरु घाईते भएको केसीले बताए । 

दुर्घटनालगत्तै गाडीका चालक फरार भएका छन्। घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरु सबैको लाइफ लङ हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले बताए।  गाडी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। गाडीमा रहेको समान कसको भन्ने खुल्नसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लै उपस्थिति रहे पनि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको र दिनप्रतिदिन चोरी तस्करी फस्टाएको स्थानीहरू बताउँछन्।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ३९ बजे

साउने सङ्क्रान्ति आज : स्नान, दान र शिव आराधनासहित देशभर मनाइँदै

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

विश्वकप फाइनल हुने रंगशाला धुवाँमय: वायु प्रदुषणको सतर्कता जारी

काठमाडौँ – क्यानडाको डढेलोका कारण निस्किएको बाक्लो धुवाँले विश्वकप २०२६

जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा– रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन