वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट « Khabarhub

वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको योग्यतामाथि प्रश्न उठाएर दायर रिटमा सर्वोच्च अदालतले बहस नोट मागेको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारको सुनुवाइपछि बहस नोट मागेको हो । भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो । 

प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकिर गर्दै अधिवक्ताद्वय त्रिपाठी र भट्टले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् । उक्त रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले बहस नोट मगाउने आदेश दिएको हो ।

गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । तर, प्रतिनिधिसभाको सोही कार्यकालमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌मा लैजानु संविधानको मर्म र भावनाविपरीत भन्दै रिट परेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ४९ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय