वार्षिक असुली लक्ष्यको झण्डै ४९ प्रतिशत राजस्व असुली « Khabarhub

वार्षिक असुली लक्ष्यको झण्डै ४९ प्रतिशत राजस्व असुली


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९-८० को चैत महिनासम्म छ अर्ब ३० करोड ४३ लाख ४९ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु वर्षको चैत महिनासम्म भन्सार महसुल दुई अर्ब ३१ करोड ७४ लाख ६५ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ६१ करोड ६१ लाख ८८ हजार, अन्तःशुल्क १६ करोड १७ लाख ६० हजार र अन्यतर्फ रु एक अर्ब २० करोड ८९ लाख ३६ हजार असुली भएको जनाएको छ । 

चैतसम्म भएको असुली वार्षिक असुली लक्ष्यको ४९ दशमलव २२ प्रतिशत हो । चैतमा असुली दर अन्य महिनाको तुलनामा उत्साहजनक देखिएको छ । यो एक महिनामा असुली दर ७७ दशमलव ३२ प्रतिशत पुगेको थियो । चालु वर्षमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) अन्तःशुल्क र अन्यसमेत गरी वार्षिक असुलीको लक्ष्य १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार लक्ष्य राखिएको छ ।  

योमध्ये भन्सारतर्फ चार अर्ब, ७४ करोड, ३१ लाख ६७ हजार, भ्याटतर्फ चार अर्ब ४७ करोड २० लाख २७ हजार, अन्तःशुल्कतर्फ ३२ करोड ३२ लाख ७४ हजार र अन्यतर्फ दुई अर्ब ७६ करोड ८२ लाख दश हजार असुलीको लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७८-७९ मा कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, र अन्यमा समेत गरी लिइएको लक्ष्यको ८१ प्रतिशत अर्थात् नौ अर्ब ५८ करोड २६ लाख ५० हजार असुली गरेको थियो । उक्त वर्ष रु ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार असुलीको लक्ष्य राखिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा राजस्व सङ्कलन हुने मुख्य नाका कैलाली भन्सार कार्यालय हो । यो कार्यालयअन्तर्गत विगतमा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रको पृथ्वीपुर, परासन, भडरी, कनरी, घुइँयाफाँटा, बर्दवा, सोनाफाँटा क्षेत्रमा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए । सशस्त्र द्वन्द्व चर्केको बेलादेखि यी कार्यालय बन्द अवस्थामा छन् । पुनः सञ्चालनको आवश्यक नभएको महसुस गरेर नै सरकारले यी छोटी भन्सार कार्यालय सञ्चालन र व्यवस्थापन नगरेको हुनसक्ने प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले बताए ।

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी छोटी भन्सार कार्यालय पनि यसै भन्सार कार्यालयअन्तर्गत रहेको छ । कैलाली भन्सारको नाका हुँदै मुख्यरूपमा पेट्रोलियम पदार्थ, मिल मेसिनरी, खाद्यान्न, बिस्कुट, मोटरपार्टस, र औद्योगिक कच्चा पदार्थलगायतका वस्तु आयात हुन्छन् । रोजिन एण्ड टर्पेन्टाइन, खरी ढुङ्गा र कत्थाजस्ता वस्तु निर्यात हुन्छन् ।

विगतमा वार्षिक ठूलो परिमाण र मूल्यमा आयात हुने भारतीय सिमेन्ट कम्पनीको सिमेन्टको आयात भने पछिल्ला वर्षमा रोकिएको छ । स्थानीय बजारमा नेपाली सिमेन्टको माग र प्रयोग बढ्न थालेपछि भन्सार नाकाबाट भित्रिने भारतीय सिमेन्टको आयात रोकिएको हो ।

सेवाग्राहीको सुविधाका लागि भन्सार कार्यालय परिसरमा राजस्व दाखिला गर्न बैंकको सुविधाका साथै आयात निर्यातको लागि नजिकै पशु क्वारेन्टाइन कार्यालय, प्लान्ट क्वारेन्टाइन र खाद्य क्वारेन्टाइनका कार्यालयसमेत सञ्चालनमा छन् । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ४२ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग