नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण « Khabarhub

नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भनिन्, ‘सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन ?’

सांसद भगवती चौधरीले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो ल्याउनुपर्ने माग गरिन् । सांसद लक्ष्मी तिवारीले भनिन्, ‘म बाँके जिल्लाबाट प्रतिनिधित्व गर्छु, त्यहाँ नागरिकताको समस्या छ, नागरिकता नहुँदा युवाले रोजगार पाउन सकेका छैनन्, यो नागरिकताको समस्या चाँडो समाधान होस् ।’

सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लासँग जोडिएको तिब्बत नाका कोभिड–१९ पछि बन्द हुँदा स्थानीयवासीको जनजीवन अत्यन्त कष्टकर भएको बताउँदै सरकारको ध्यानाकर्षण गराए । सांसद विमला सुवेदीले विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोट जिल्लाको प्राचीन, ऐतिहासिक एवं सांस्कृतिक सम्पदा नुवाकोट साततले दरबार, सेतोपाटी र तलेजु भवानी मन्दिर पुननिर्माण गर्ने जिम्मा लिएको चिनियाँ कम्पनीले ठेक्का पाएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम सुरु हुन नसकेको भन्दै जतिसक्दो चाँडो सुरु गर्न आग्रह गरे ।


सांसद भानुभक्त जोशीले हुम्ला, जुम्ला र बाजुरालगायत पिछडिएको क्षेत्रलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने माग गरेका छन् । सांसद मनिष झाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक सय ४६ दिन हुँदा पनि सही ढंगबाट सदुपयोग हुन नसकेको भन्दै हवाई सुरक्षाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेन्द्रबहादुर शाहीले गत साउनमा भएको अविरल वर्षाका कारण कालीकोट जिल्लाको खानेपानी, सिँचाइ, सडक र बस्तीमा समस्या भए पनि अहिलेसम्म सरकारले निर्माण गर्न नसकेको भन्दै गुनासो गरे। उनले भने, ‘गत साउनको पहिराका कारण कालीकोट जिल्लामा धेरै क्षति भएको छ, सरकारले क्षतिग्रस्त क्षेत्र घोषणा गरेको छ, तर हालको दिनसम्म पनि खानेपानीको मुहान नबनाएर जनताले पानी खान पाएका छैनन्, तुरुन्तै सरकारको ध्यान जाओस् र यथाशक्य समस्या समाधान होस् ।’

सांसद मानवीर राईले सोलुखुम्बु जिल्लाको दूधकोसी नदीको दिब्लीघाटको पुल निर्माणमा भएको सुस्तताप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद मेनका कुमारी पोखरेलले नयाँ सरकार बनेको चार महिना बितिसक्दा पनि जनताले राहत महसुस गर्न नपाएको भन्दै देशमा बलात्कार, भ्रष्टाचार, महँगीको अन्त्य गर्नुपर्नेमा जोड दिए । सांसद मैना कार्कीले जाजरकोटमा गुणस्तरीय सडक निर्माणको माग गरे ।

सांसद रघुजी पन्तले काठमाडौँभित्रका खाल्टाखुल्टी सडक निर्माणका लागि सरकारलाई आग्रह गरेका छन् । सांसद रणकुमारी बलमपाकीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ मा आगलागीमा परेका परिवारलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रणेन्द्र बरालीले चितवन जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला निर्माणको काम जतिसक्दो चाँडो थालनी गर्न आग्रह गरे । 

सांसदहरू राजकिशोर यादव, माधव सापकोटा, महेशकुमार बर्तौता, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाईं, रामकृष्ण यादव, रामकुमार राई, रेखा यादव, रोशन कार्की, लालवीर चौधरी, लेखनाथ दाहाल, रामनाथ अधिकारी र रामहरि खतिवडाले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ५० बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा