विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २६, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पुनः चुनाव लड्ने वाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।

उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन्।

चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि सो लडाइँ जारी रहेकाले पुनः नेतृत्वमा आउन चाहेको बताएका छन् । दोस्रो कार्यकालमा सो कामले पूर्णता पाउने उनको भिडियो सन्देशमा उल्लेख छ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए।

आ–आफ्नो पार्टीबाट मनोनयन जित्न सकेमा २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो पटक वाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ। फेरि प्रतिस्पर्धामा उत्रन लागेका ८० वर्षीय वाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन्।

यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो ।

शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य संकट तथा समावेशी आर्थिक वृद्धि हुने राष्ट्रपति कार्यालयका सञ्चार अधिकृत करिन जीन पियरले एक विज्ञप्ति निकालेर बताएका छन् ।

जी सेभनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका छन् । दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेको उक्त स्थानमा हुने शिखर बैठकमा जापानले आणविक निःशस्त्रीकरणलाई मुल मुद्दा बनाउने प्रधानमन्त्री फुमियो किसिदाले बताए ।

जी सेभनको बैठकपछि अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियको सिड्नीमा हुने अष्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको रणनीतिक सुरक्षा समूह क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

एशिया-प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्न नदिन गठित क्वाडको बैठकमा उदीयमान प्रविधि, गुणस्तरीय पूर्वाधार, विश्व स्वास्थ्य, जलवायु परिवर्तन, समुद्री क्षेत्रमा जागरुकता अभिवेृद्धिलगायत विषयमा विचारविमर्श हुनेछ ।

अमेरिकी सेना फिर्तीको दिन काबुलमा विस्फोट गराउने आइएसआईएसका नेता मारिए

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा २०२१ को आत्मघाती बम विस्फोट गराउने आइएसआईएसका नेता मारिएका छन् ।

तालिवान सरकारले आइएसआईएसका ती नेतालाई मारेको सीएनएनले जनाएको छ। उसका अनुसार तालिवान प्रशासनले आइएसआईएसका ती नेताको नाम भने अझै सार्वजनिक गरेको छैन।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको अन्तिम दिनमा उनको निर्देशनमा भएको आत्मघाती विस्फोटमा परी १३ अमेरिकी सैनिक तथा १७० भन्दा बढी अफगान नागरिकले ज्यान गुमाएका थिए ।

अमेरिकाका रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । ‘आज भयानक आक्रमणको मास्टरमाइन्ड भएको आतंककारीलाई तालिवान सरकारले मारेको खबर छ’ उनले भनेका छन् ।

तर, किर्बीले तालिबानले आइएसआईएसका नेतालाई कहिले मारे रु भन्ने बारेमा कुनै जानकारी भने दिएनन् ।

चिनियाँ राष्ट्रपति सी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र कीभले दुवै देशले बताएका छन् ।

जेलेन्स्कीले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ ।’ ‘यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ,’ उनले भनेका छन् ।

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए ।

‘युक्रेन संकटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्ति वार्तालाई बढावा दिनु हो,’ सिसिटिभीले भनेको छ ।

सिसिटिभीले चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गरी लेखेको छ, ‘चीनले न त अर्को तिरबाट वाण हान्नेछ , न त आगोमा इन्धन थप्नेछ, संकटको फाइदा उठाउने कुरा चीनले कहिल्यै सोचेको छैन ।’

सीले भने , ‘आणविक मुद्दाको सामना गर्दा सम्बन्धित सबै पक्ष शान्त र संयमित रहनुपर्छ, आफ्नो र सम्पूर्ण मानवजातिको भविष्य र नियतिमा साँच्चिकै ध्यान केन्द्रित गर्नुपर्छ र संयुक्त रूपमा संकटको व्यवस्थापन र नियन्त्रण गर्नुपर्छ ।’ बेइजिङले द्वन्द्वमा आफू तटस्थ रहेको बताउँदै आएको छ भने रूसी आक्रमणको कहिल्यै पनि गरेको छैन ।

जेलेन्स्कीले आफ्ना चिनियाँ समकक्षी सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् । फेब्रुअरीमा बेइजिङले युक्रेनको संकटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो ।

दस्तावेजमा चीनलाई तटस्थ पार्टीको रूपमा चित्रित गरिएको छ र दुवै पक्षलाई शान्ति वार्तामा प्रवेश गर्न आग्रह गरिएको छ । ‘सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई प्रभावकारी रूपमा कायम राख्नुपर्छ भन्ने उक्त पत्रको पहिलो बुँदा थियो ।

तर मस्कोको सेनाले आफ्नो छिमेकीमाथि आक्रमण गरेपछि सुरु भएको युक्रेन युद्धको विशिष्टतासँग यो कसरी सम्बन्धित छ भन्नेबारे चीनले विस्तार गर्न निरन्तर अस्वीकार गर्दै आएको छ । पत्रमा बेइजिङले रूस र युक्रेनलाई शान्ति वार्ता पुनः सुरु गर्न आह्वान गर्दै ‘वार्ता अनि वार्ता नै एक मात्र व्यवहारिक समाधान हो’ भनेको छ ।

‘अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्तालाई बढावा दिने सही दृष्टिकोणप्रति प्रतिबद्ध रहनुपर्छ, द्वन्द्वका पक्षहरूलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न मद्दत गर्नुपर्छ र वार्ता पुनः सुरु गर्नका लागि परिस्थिति र प्लेटफर्म हरू सिर्जना गर्नुपर्छ,’ पत्रमा भनिएको छ ।

यसैबीच, उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० का प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथिको अवैध आक्रमणको निन्दा गर्न नसकेका कारण बेइजिङको धेरै विश्वसनीयता नभएको बताएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि

भारतमा पछिल्लो दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मंगबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९ बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ ।

अपरेशन काभेरी : सुडानबाट ५३४ जना भारतीयको उद्धार

भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धार कार्यलाई तीव्र बनाइएको छ । भारतले बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्य विमान र युद्धपोत प्रयोग गरेर ५ सय ३४ जनालाई उद्धार गर्न लागेको हो ।

राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको पोर्ट सुडान बन्दरगाहबाट भारतीय जलसेनाको युद्धपोत सुमेधाले दुई सय ७८जना भारतीय नागरिरको पहिलो खेपलाई साउदी अरबको जेद्दा पुर्‍याएको छ ।

अपरेशन काभेरीअन्तर्गत भारतीय वायु सेनाका विमानले दुई खेपमा दुई सय ५६ जनालाई उद्धार गरेर सोही स्थानमा पु¥याएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताएका छन् । । जेद्दाबाट उनीहरूलाई यथाशीघ्र भारत ल्याइने उनले जानकारी दिएका छन् ।

यसैबीच एएफपीले ५० लाख जनसङ्ख्या रहेको खार्तुमबाट विदेशी सरकारले जल, स्थल र हवाई मार्गबाट आफ्ना नागरिकलाई उद्धार गरिरहेका जनाएको छ । यसरी उद्धार गरिएकामा केही सुडानी पनि छन् । करिब ५० देशका एक हजार सात सय नागरिक बोकेको पानीजहाज आज बिहान साउदी अरब आइपुगेको छ ।

साउदी विदेश मन्त्रालयका अनुसार दुई हजार विदेशीसहित दुई हजार एक सय ४८ जनालाई साउदी अरबले नै उद्धार गरेको छ । विभिन्न देशले जिबुटी, चाड, साइप्रस र साउदी अरबमा आफ्ना सैनिक एवम् वाहन तैनाथ गरेर उद्धारलाई तीव्र गतिमा अघि बढाएका छन् ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल ९एसएएफ० र र्‍यापिड सपोर्ट फोर्सेस ९आएसएफ० सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सुडानमा एघार दिनअघि हिंसात्मक घटना सुरु भएको थियो ।

सुडानमा हालसम्म दोहोरो झडपमा परी चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने तीन हजार सात सयभन्दा बढी घाइते भएका छन् ।

युद्धमा ज्यान गुमाउने र घाइते हुनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको संलग्नताको आशंका गरेको छ ।

भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलनका कारण त्यसपछिका दशकहरूमा हजारौं मानिसको ज्यान गएको भएपनि हालैका वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताउने गरिएको छ । दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहको ज्यान गएको र बुधबारको मृत्यु सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो । 

एनडिटिभीमा प्रसारित फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको एउटा खाल्डो र सुरक्षा बलले विष्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु । तिनीहरूको बलिदान सधैँ स्मरणीय रहनेछ ।’

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने ,’यो आक्रमण ‘अत्यन्त दुःखद’ छ र उहाँले राज्यका नक्सलवादीहरूविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ उनले भने, ‘यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौ र हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं ।’ अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ५९ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको