दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने जनाएको छ ।

मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शय्याको १० प्रतिशत शय्या नछुट्याएको पाइएको थियो ।

यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : २९ बजे

साउने सङ्क्रान्ति आज : स्नान, दान र शिव आराधनासहित देशभर मनाइँदै

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

विश्वकप फाइनल हुने रंगशाला धुवाँमय: वायु प्रदुषणको सतर्कता जारी

काठमाडौँ – क्यानडाको डढेलोका कारण निस्किएको बाक्लो धुवाँले विश्वकप २०२६

जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा– रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन