कांग्रेसका महामन्त्री थापाले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई दिए बधाई « Khabarhub

कांग्रेसका महामन्त्री थापाले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई दिए बधाई


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनमा विजयी भएका उम्मेदवारलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनमा विजयी भएका क्रमशः उपेन्द्र यादव, रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका हुन् ।

फेसबुकमा उनले सम्मुनती र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन सहकार्य हुने अपेक्षा गरेका छन् । उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेको उनको भनाइ छ ।

पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहेका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी भएको भन्दै उनले राजनीतिप्रतिको चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने अभियानलाई थप मद्दत पुग्ने उनको भनाइ छ ।

अहिले नेपाली कांग्रेसको सबै तहमा आबद्ध नेता तथा सदस्यले मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर जानुपर्ने उनको भनाइ छ । उनले आफ्नो पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने बताएका छन् । पार्टीमा रहेको समस्यालाई पन्छाएर वा लुकाएर नवजीवन सम्भव नरहेको भन्दै उनले सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनेर मनन गरी आफैँतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिनेगरी लाग्न आह्वान गरेका छन् ।

विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि आफूले पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको उल्लेख गर्दै महामन्त्री थापाले पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आमचाहना अनुरुप अपेक्षित परिणाम आइ नसकेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ४७ बजे

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि

नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी