आईपीएल : दोस्रो क्वालिफायरमा गुजरात र मुम्बई खेल्दै « Khabarhub

आईपीएल : दोस्रो क्वालिफायरमा गुजरात र मुम्बई खेल्दै


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार दोस्रो क्वालिफायरको खेल हुँदैछ ।

यो खेलमा चेन्नईसँग पराजित भएर फाइनलबाट चुकेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल राति पौने ८ बजे अहम्दावादमा हुनेछ । ईलिमिनेटर खेलमा लखनउलाई पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । गुजरात पहिलो क्वालिफायरमा चेन्नाई सुपर किङ्ससँग पराजित भएको हो ।

आजको खेलको विजेताले उपाधिको लागि चेन्नईसँग आइतवार प्रतिस्पर्धा गर्नेछ । आईपीएल २०२३ को फाइनल आइतबार हुन लागेको हो । १० टिम सहभागी आइपीएलमा चार टिम प्लेअफमा पुगेका हुन् । जसमध्ये लखनउ सुपर जाइन्ट बाहिरिइसकेको छ भने चेन्नई फाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : ५२ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि