आईपीएल : दोस्रो क्वालिफायरमा गुजरात र मुम्बई खेल्दै « Khabarhub

आईपीएल : दोस्रो क्वालिफायरमा गुजरात र मुम्बई खेल्दै


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार दोस्रो क्वालिफायरको खेल हुँदैछ ।

यो खेलमा चेन्नईसँग पराजित भएर फाइनलबाट चुकेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल राति पौने ८ बजे अहम्दावादमा हुनेछ । ईलिमिनेटर खेलमा लखनउलाई पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । गुजरात पहिलो क्वालिफायरमा चेन्नाई सुपर किङ्ससँग पराजित भएको हो ।

आजको खेलको विजेताले उपाधिको लागि चेन्नईसँग आइतवार प्रतिस्पर्धा गर्नेछ । आईपीएल २०२३ को फाइनल आइतबार हुन लागेको हो । १० टिम सहभागी आइपीएलमा चार टिम प्लेअफमा पुगेका हुन् । जसमध्ये लखनउ सुपर जाइन्ट बाहिरिइसकेको छ भने चेन्नई फाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : ५२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि