सीसीपीका विदेश विभाग प्रमुखसँग माओवादी प्रतिनिधि मण्डलको भेट « Khabarhub

सीसीपीका विदेश विभाग प्रमुखसँग माओवादी प्रतिनिधि मण्डलको भेट


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  चीन भ्रमणमा गएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता गरेको छ।

सापकोटा नेतृत्वको माओवादी प्रतिनिधि मण्डलले बिहीबार सीसीपीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीसँग बेइजिङमा भेटवार्ता गरेको हो।

एक्लाएक्लै र सामूहिक गरी दुई चरणमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। त्यसक्रममा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गरे। ल्हासा र मानसरोबरको भ्रमण गरेर राजधानी बेइजिङ पुगेको सापकोटा नेतृत्वको टोली अहिले राजनीतिक भेटघाटमा व्यस्त छ।

यही जेठ ५ गते चीन प्रस्थान गरेको सापकोटा नेतृत्वको २० सदस्यीय टोली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : ०६ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना