सीसीपीका विदेश विभाग प्रमुखसँग माओवादी प्रतिनिधि मण्डलको भेट « Khabarhub

सीसीपीका विदेश विभाग प्रमुखसँग माओवादी प्रतिनिधि मण्डलको भेट


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  चीन भ्रमणमा गएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता गरेको छ।

सापकोटा नेतृत्वको माओवादी प्रतिनिधि मण्डलले बिहीबार सीसीपीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीसँग बेइजिङमा भेटवार्ता गरेको हो।

एक्लाएक्लै र सामूहिक गरी दुई चरणमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। त्यसक्रममा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गरे। ल्हासा र मानसरोबरको भ्रमण गरेर राजधानी बेइजिङ पुगेको सापकोटा नेतृत्वको टोली अहिले राजनीतिक भेटघाटमा व्यस्त छ।

यही जेठ ५ गते चीन प्रस्थान गरेको सापकोटा नेतृत्वको २० सदस्यीय टोली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : ०६ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति