नमोबुद्धका मेयर लामाले पहिलो वर्ष के-के गरे? « Khabarhub

नमोबुद्धका मेयर लामाले पहिलो वर्ष के-के गरे?


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको जनप्रतिनिधिले शपथ लिएको बिहीबार ठीक एक वर्ष पूरा भयो । शपथको एक वर्ष पूरा भएकै दिन नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ नामक पुस्तक जनप्रतिनिधि, स्थानीय नागरिक, दलका स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीमाझ सार्वजनिक गरेका छन् ।

पुस्तकमा समेटिएका विकासका विवरण उल्लेखित संक्षिप्त विवरण प्रस्तुत गर्दै उनले एक वर्षको अवधिमा अघिल्ला जनप्रतिनिधिले सुरु गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माण कामको सुरुआत गरेको बताएका छन् । उनले नगरमा १८ वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको सुरुआत, नसर्ने रोग उच्च रक्तचाप, मधुमेह (सुगर), प्रोटिन परीक्षण निःशुल्क र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था, नगरका ११ वटै वडाका विभिन्न एक सय सात स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाएका छन् ।

यस्तै नगरले स्थानीय पाठ्यक्रम निर्माणको सुरुआत, बालमैत्री स्थानीय शासन सुरुआत, सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन, ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमन, रु आठ करोड ३६ लाख लागत अनुमान तयार गर्दै बहुवर्षीय योजनामा समावेश गरी कृषि उत्पादन भण्डारणका लागि कोल्डस्टोर (शीतभण्डारण) निर्माणको सुरुआत, घरदैलोमै सामाजिक सुरक्षा वितरण, आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधनका चालक र यात्रुलाई कारबाही गर्न थालिएको लामाले जानकारी गराए ।

यसैगरी नगरले योजनाबद्ध विकासलाई प्राथमिकतामा राख्दै आवद्यिक योजना बैंक तयार गरेर विकास आयोजना सञ्चालन गर्न लागेका तथा रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायतका योजना समावेश गराइने जनाइयो । यस्तै नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गराउने उद्देश्यअनुरुप ‘एक घर एक धारा’ अभियान सञ्चालनअन्तर्गत सुनकोसी खानेपानी आयोजनालगातय चार बृहत् खानेपानी आयोजना तथा आठ साना खानेपानी आयोजना सञ्चालन गरिएको जनाएका छन्।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ११ : ०२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार