युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ : रुसी पूर्व राष्ट्रपति मेदेभदेव « Khabarhub

युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ : रुसी पूर्व राष्ट्रपति मेदेभदेव


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

मेदभदेव प्रायः कडा टिप्पणी गर्छन् । गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका थिए । मस्कोले पनि शब्द दाबी दोहार्‍याउँदै आएको छ । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ११ : ५२ बजे

बैतडीमा बेहोस फेला परेका एक जनाको निधन

धनगढी – होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको

रुपेश जैसवालले उचाले बुद्धिचालको उपाधि

भक्तपुर – भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न

जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई

काठमाडौँ – बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।

विकासका नाममा सभ्यता नाश गर्दै इजिप्ट

बिहान सखारै थियो। कालो पहिरनमा एक महिला थिइन्। गम्भीर मुद्रामा

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण