अब काम गर्ने तौरतरिका फेर्नुपर्छ: मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

अब काम गर्ने तौरतरिका फेर्नुपर्छ: मुख्यमन्त्री जम्कट्टेल


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मनहरी- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए। उनले व्यवस्था फेरिए पनि अवस्था नफेरीएकामा चिन्ता व्यक्त गरे।

“सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन् भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ”, मुख्यमन्त्री जम्कट्टेलले भने। “हामी सबै मानवअधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तर विरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ”, उनले भने।

उनले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाले उल्लेख गर्दै समावेशी रुपमा काम गर्न नीतिमा केही समस्या रहेको बताए। उनले थपे, “आर्थिक, सामाजिक, राजनीतिक लगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ। ”

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानवअधिकारका विषयमा आफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १२ : ०३ बजे

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य