उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान | Khabarhub Khabarhub

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उनले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिएका हुन् ।

‘तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ’, उपराष्ट्रपति यादवले भने । 

खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताए । ‘तपाईंका लगन, धैर्य र आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने यस कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु । यो सफलता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सकोस् ।’

.उपराष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताए । ‘तपाईंको यो ऐतिहासिक कार्यले अपांगता भएका र विभिन्न कारणले अंगभंग भएकालाई सधैँ उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु’, उनले भने । 

बुढामगरले कायम गर्नु भएको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति पनि अन्यसरह विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने सकारात्मक सन्देश सञ्चार गरेको उनले बताए । ‘तपाईंको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति अरुको भर र दयामा मात्र बाँच्न सक्छन् भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि मैले लिएको छु । गौरवशाली उपलब्धिपछि मुलुकभर खुशी साटासाट भई रहेकै बेला तपाईँलाई हार्दिक बधाईसहित सम्मान गर्दा म गौरवको अनुभव गरिरहेको छु ।’

उपराष्ट्रपति यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा निर्विघ्न जारी रहोस् भन्दै प्रशंसा गरे । उनले पर्वतारोही बुढामगरको उज्ज्वल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका हुन्  । 

रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  २ : ३२ बजे

कटारी गोल्डकप : धरानलाई हराउँदै काठमाडाैं फाइनल प्रवेश

कटारी – ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल

रुसद्वारा पूर्वी युक्रेनमा हमला, ५ जनाको मृत्यु

किएभ – किएभ नजिकै ड्रोन आक्रमणको केही घन्टापछि देशको पूर्वमा

‘नेताको सम्पत्ति छानबिन र स्वघोषणाको विकल्पले नेपालको संकट टार्न सक्छ’

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ) ले नेपाललाई खैरो सूची

आजका समाचार : देशभर महाशिवरात्रिको उल्लास, १३ औँ फाइनल पनि हार्‍यो नेपालले र सुडानी सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु

पशुपतिनाथको दर्शन गर्न पुगे राष्ट्रपति दम्पतीराष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा

तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित, म्यान्मारले उचाल्यो उपाधि

काठमाडौं- फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको