भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु « Khabarhub

भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुईदिन हुनेछ । 

प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० जना भन्दा वढी प्रतिस्पर्धीहरू प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको जनाइएको छ । 

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो । ग्वाछाको करिब महिना दिनअघि अल्पआयुमै निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । 

प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । 

भक्तपुर युवा टीम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टिम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका खेलकुद समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्री, आयोजक टीमका अध्यक्ष केशव त्वानाबासु, पूर्व अध्यक्षहरु, मृतक ग्वाछाका सुपुत्रलगायतले खेलका विविध पक्षबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  २ : ४७ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम