सशस्त्र प्रहरीद्वारा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न « Khabarhub

सशस्त्र प्रहरीद्वारा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-सशस्त्र प्रहरीले विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजनामा शुक्रबार कीर्तिपुर नगरपालिका ६ स्थित टौदहमा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यासमा मनसुनको सुरुवातसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरूमा चुस्त दुरुस्त रूपमा परिचालन हुनको निमित्त पूर्व तयारी स्वरूप विपद् प्रतिकार्य कृत्रिम अभ्यास सञ्चालन गरिएको हो ।

उपलब्ध खोज तथा उद्धारका स्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा निकायहरूलाई सहभागी गराई बाहिनीस्तरिय कृत्रिम अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराही गण बलम्बु र नं २० विपद् उद्धार गण सिनामंगलको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने कृत्रिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्य देश मध्ये विपद् व्यवस्थापन एउटा महत्त्वपूर्ण कार्यादेश भएको उल्लेख गर्दै यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताए ।

कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको पूर्वतयारीको कृत्रिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरीन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा, उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपालका गणका गणपति तथा गुल्मपतिहरु, नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरू, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकाय तथा सङ्घ संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ४ : ५० बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको