पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्दै छानबिन समिति गठनको माग « Khabarhub

पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्दै छानबिन समिति गठनको माग


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले अख्तियारले समय यस विषयमा अनुसन्धान गरिरहेको र आफूले त्यही विषयमा सदनमा कुरा राखेको समेत बताए । उनले सदनमा शिष्टतापूर्वक केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरूको फेहरिस्त बताएको र आफूले कुनै संसदीय मर्यादा उल्लंघन नगरेको जिकिर गरे ।

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्ने सन्दर्भमा आफूले एमाले सरकारको पालामा भएका भ्रष्टाचारका काण्डहरूलाई आफूले उजागर गरेको उनले बताए । 

उनले आफूले तथ्यका आधारमा नै भ्रष्टाचारको विषय उठाएको र अहिले एमालेले अनावश्यक रुपमा सोही मुद्दालाई उठाएर सदन अवरुद्ध गरेको जिकिर गरे । पशुपतिमा जलहरी राखेको विषयमा एमालेमाथि तथ्यहीन आरोप लगाएको भन्दै एमालेले शुक्रबार सदन अवरुद्ध गरेको थियो ।

 

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ६ : ०९ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर