अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारतको भ्रमण गर्ने « Khabarhub

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारतको भ्रमण गर्ने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् ।

अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्नेछन् । यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने अवसर प्रदान गर्ने बताइएको छ ।

भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री लोयडले जापानको भ्रमण गर्ने कार्यक्रम छ । जापानमा रहँदा त्यहाँका रक्षामन्त्री यासुकासु हमादा र अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्नुका साथै जापानमा तैनाथ अमेरिकी सेनाको गतिविधिबारे लोयडले भ्रमण अवलोकन गर्ने कार्यक्रम छ ।

अमेरिका र जापानले गठबन्धनको क्षमतालाई आधुनिकीकरण गर्न, अमेरिकी सेनाको स्थितिलाई अनुकूलन गर्न र यस वर्षको सुरुमा ऐतिहासिक अमेरिका–जापान ‘२ ं२’ मन्त्रीस्तरीय बैठकपछि समान विचारधारा भएका साझेदारहरूसँग सम्बन्ध निर्माण गर्न महत्वपूर्ण कदम चालिरहेका बेला मन्त्री अस्टिनको भ्रमण हुन लागेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि विदेशमन्त्री अस्टिन सिंगापुर जानेछन् । उनले सिङ्गापुरमा हुने ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’ को २० औं साङ्ग्रिला वातालाई सम्बोधन गर्नेछन् ।

वार्ताको क्रममा विदेशमन्त्रीले आसियान केन्द्रीयतामा आधारित स्वतन्त्र र खुला हिन्द–प्रशान्तका लागि अमेरिकी साझा दृष्टिकोणको समर्थनमा यस क्षेत्रमा अमेरिकी रक्षा साझेदारीलाई अगाडि बढाउन प्रमुख नेताहरूसँग भेटघाट गर्नेछन् । सिङ्गापुरको भ्रमण सकेर सेक्रेटरी अस्टिनले भारत भ्रमण गर्नेछन् ।

डि–डेका ७९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पनि उनले भाग लिनेछन् । त्यहाँ फ्रान्सेली तथा बेलायतका रक्षा मन्त्रीहरूसँग भेटघाटपछि अस्टिनले फ्रान्सको भ्रमणका साथै आफ्नो भ्रमणलाई समापन गर्नेछन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : २७ बजे

गिग अर्थव्यवस्था : नेपाली अर्थतन्त्रको नयाँ बाटो

नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन– बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन