मलाबार अभ्यासमा क्वाडका नौसेना सहभागी हुने « Khabarhub

मलाबार अभ्यासमा क्वाडका नौसेना सहभागी हुने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चारपक्षीय सुरक्षा समूह क्वाडका नौसेनाले यही वर्ष आयोजना हुने नौसैनिक अभ्यासमा सहभागिता जनाउने भएका छन् ।

यही वर्षको अगस्ट महिनामा अष्ट्रेलियामा आयोजना हुने मलाबार नौसैनिक अभ्यासमा क्वाडका नौसेनाको सहभागिता रहने भारतीय नौसेनाले जानकारी दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यस अभ्यासमा भारत र अष्ट्रेलियासहित जापान र अमेरिकी नौसेनाले पनि सहभागिता जनाउनेछन् ।

अगस्ट ११ देखि २१ सम्म सञ्चालन हुने अभ्यासमा नौसैनिक योजना, समायोजन तथा अत्याधुनिक युद्ध रणनीतिबारे प्रशिक्षण हुने जनाइएको छ ।

गत वर्ष पनि यी चार मुलुकले जापानमा नौसैनिक अभ्यास गरेका थिए । क्वाडमा सम्मिलित ४ मुलुकले मलाबार नौसैनिक अभ्यासमा सहभागिता जनाउन लागेको यो लगातार चौथो पटक हो ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ८ : ५६ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज