दिल्ली लैजानु पर्ने विमान जयपुर लगेपछि…  « Khabarhub

दिल्ली लैजानु पर्ने विमान जयपुर लगेपछि… 


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– ड्युटी सकिएको भन्दै पाइलट हिँडेपछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।

लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबका कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिँडेपछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरू अलपत्र परेका थिए । समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो ।

दिल्लीको खराब मौसमका कारण आइतबार तीन अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।

एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । 

डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो । गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो । स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो ।

विमानमा सवार भारतीय मूलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिँडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए । एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए । उनीहरुले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्वीट गर्दै गुनासो गरेका थिए ।

यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो । तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो । पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरबाट दिल्ली पठाउने व्यवस्था गरेको थियो ।

उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी समेत गरेका थिए ।

यात्रुहरूको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरूलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ४६ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु