बागलुङका स्थानीय तहले ल्याए पाँच अर्ब ९६ करोडको बजेट « Khabarhub

बागलुङका स्थानीय तहले ल्याए पाँच अर्ब ९६ करोडको बजेट


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् । 

आर्थिक वर्ष २०८०-८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ । बागलुङ नगरपालिकाले रू एक अर्ब ३३ करोडको बजेट ल्याएको छ । नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सर्शत र समपूरक शीर्षकमा प्राप्त अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गरेका थिए ।

गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड १२ लाख १८ हजार बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तीय समानीकरण अनुदानबाट रू ११ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट १० करोड ९५ लाख, सशर्त अनुदानबाट रू ३६ करोड १० लाख, विशेष अनुदानबाट एक करोड ५० लाखसहितको बजेट पेस गरे ।

त्यस्तै  जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड चार लाख ६८ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले रू ७२ करोड चार लाख ६८ हजार सात सयको बजेट प्रस्तुत गरेका हुन्  ।  

त्यसैगरी, ढोरपाटन नगरपालिकाले रू ५५ करोड २४ लाखको बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख धनबहादुर कायतले नगर सभासमक्ष, आन्तरिक आम्दानी, संघीय सरकार र प्रदेश सरकारको अनुदानका आधारमा रू ५५ करोड २४ लाखको बजेट नगरसभासमक्ष पेस गरेको बताए । 

त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाले ३० करोड ३८ लाख ४९ हजार बजेट ल्याएको छ । तमानखोला गाउँपालिकाको चालु खर्च चार करोड ४० लाख, संघीय सशर्त अनुदान ११ करोड ७५ लाख, समपूरक अनुदान ७० लाख, संघीय विशेष अनुदान ९० लाखका आधारमा बजेट तयार गरिएको हो ।  

बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले बजेट प्रस्तुत गरेका थिए ।

बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँसभामा आर्थिक वर्ष २०८०र८१ को लागि गाउँपालिका उपाध्यक्ष भीमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो । 

त्यस्तै ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ६७ लाख ९३ हजार बजेट पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले आन्तरिक आम्दानी, संघीय सरकारको विभिन्न शीर्षक अन्तर्गतको अनुदान र गण्डकी प्रदेशको विभिन्न शीर्षकको अनुदान अन्तरगत आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रू ३६ करोड ६७ लाख बजेट गाउँसभा समक्ष पेस गरेका छन् । 

यस्तै बरेङ गाउँपालिकाले रू ३१ करोड २९ लाख ८१ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष दिलीपकुमार पुनले गाउँसभामा आर्थिक वर्ष २०८०-८१ का लागि उक्त बजेट प्रस्तुत गरेका छन् ।

जिल्लाको निसीखोला गाउँपालिकाले रू ४६ करोड ४६ लाख ८० हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले संघीय अनुदान, प्रदेश अनुदान र आन्तरिक आयका आधारमा उक्त बजेट पेस गरेका हुन् । 

गाउँपालिकाले सामाजिक विकासमा २० प्रतिशत, पूर्वाधारमा ३५ प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत, सुशासन र वनमा १०-१० प्रतिशत बजेट बाँडफाँड गरेर सभामा पेस गरेको हो । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : ०४ बजे

चोरिएका ६५ वटा दुई पांग्रे सवारी भेटेर फर्कायो ट्राफिक प्रहरीले (तस्बिरहरू)

काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी गरिएका ६५ वटा दुई

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती