तिलागुफा नगरपालिकामा पशु पैँचो कार्यक्रम  « Khabarhub

तिलागुफा नगरपालिकामा पशु पैँचो कार्यक्रम 


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शंकर उपाध्यायले जानकारी दिए ।

पशुपालन व्यवस्थालाई प्रवर्द्धन गर्न विपन्न र आर्थिक अवस्था कमजोर भएका लगनशील किसानलाई पशु पैँचो कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ । बजेटमा कम उत्पादन क्षमता भएका पशुको बहिर्गमन गरी उन्नत नश्लका पशुपन्छीको आगमन गर्न र पशुजन्य उत्पादन बढाउन प्राकृतिक पशु प्रजननमा उन्नत पाडा, राँगा, बोका र साँडे विवरण गरिने पनि बजेटमा उल्लेख छ । कृतम पशु प्रजननका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र मातहतका निकायसँग समन्वय गरी कृतिम गर्भाधान सेवा बिस्तार गर्न पहल गरिने समेत उल्लेख छ ।

कृषि क्षेत्रमा पशुपालन वृद्धि गर्ने उद्देश्यले पशुपैचो कार्यक्रममा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । तिलागुफा नगरपालिकामा गाईभैँसी, भेडाबाख्रा पालन र चरन क्षेत्र राम्रो छ । 

‘नगरपालिकाले भौतिक संरचना निर्माण, स्वास्थ्य बीमालाई निरन्तरता, कृषि क्षेत्रको विकासका लागि पशुपैचोसहित वृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ’, उनले भने, ‘यी कार्यक्रमले नगरपालिका भित्रको विकास र समृद्धि गर्ने लक्ष्य राखेका छौँ ।’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा भएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा पशुपैचो, एक घर पाँच फलफुल बिरुवा कार्यक्रम सञ्चालन गरिने नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको भनाई छ । ‘भौतिक संरचना निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिइएको छ’, उनले भने, ‘स्थानीय रैथाने बालीको संरक्षणका लागि भटमास, कोदो, सिमी, कागुनो र फापर खेतीलाई जोड दिन किसानलाई प्रोत्साहन गरिनेछ ।’

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु ६३ करोड ११ लाख ५४ हजार आठ सय २२ करोडको बजेट ल्याएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : ३१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको