राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि  शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् । 

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए । 

‘यस सेन्टरमा असार २ गतेदेखि उपचाररत् सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आवश्यक नियमित परीक्षण तथा चिकित्सकीय निगरानी भइरहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,’ कार्यकारी निर्देशक गजुरेलले सोमबार दिउँसो सवा १२ सम्मको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति पौडेल मुटु रोगबाट पीडित छन् । केही साताअघि उनको  एन्जियोप्लाष्टिक गरिएको थियो । ५ असारमा राष्ट्रपति पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको कार्यकारी निर्देशक । गजुरेलले जानकारी दिए । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : १८ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि