राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि  शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् । 

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए । 

‘यस सेन्टरमा असार २ गतेदेखि उपचाररत् सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आवश्यक नियमित परीक्षण तथा चिकित्सकीय निगरानी भइरहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,’ कार्यकारी निर्देशक गजुरेलले सोमबार दिउँसो सवा १२ सम्मको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति पौडेल मुटु रोगबाट पीडित छन् । केही साताअघि उनको  एन्जियोप्लाष्टिक गरिएको थियो । ५ असारमा राष्ट्रपति पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको कार्यकारी निर्देशक । गजुरेलले जानकारी दिए । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : १८ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका