मनसुन सुरु भइसक्दा पनि बैतडीमा छैन विपद् पूर्व तयारी « Khabarhub

मनसुन सुरु भइसक्दा पनि बैतडीमा छैन विपद् पूर्व तयारी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् । 

जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र जिल्लाका स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनका अनुसार हालसम्म तीन स्थानीय तहले मात्रै पूर्व तयारीसम्बन्धी योजना तर्जुमा गरी पठाएका छन् ।

‘पालिकाको सेवा क्षेत्रभित्र विपद्को अवस्था, जनशक्ति परिचालन, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपद्का बेला आवश्यकपर्ने राहत तथा उद्धारको लागि उपकरण, जनशक्तिलगायत सामग्रीको व्यवस्थापनको विषय समेटेर विपद् प्रतिकार्य योजना तयार गर्नुपर्ने छ’, प्रजिअ पन्थीले भने। यहाँका तीन पालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाए पनि ढाँचाअनुसार नभएकाले दोस्रो पटक तयार गर्न भनिएको उनले बताए ।

‘जिल्लाका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाएका छन् । पूर्ण विवरण सहितको योजना नआएकाले पुनःपठाउन आग्रह गरिएको छ’, पन्थीले भने । सबै स्थानीय तहले प्रतिकार्य योजना तर्जुमा गरी नपठाउँदा जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन समस्या भइरहेको उनले जानकारी दिए।

‘सबै स्थानीय तहले योजना बनाएर पठाए जिल्लाले योजना बनाउन सहज हुने थियो’, प्रजिअ पन्थीले भने, ‘एक-दुई दिन पर्खन्छौँ, स्थानीय तहका योजना नआए जिल्लास्तरीय प्रतिकार्य योजना बनाउन तयारी थाल्ने छौँ ।’

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : २९ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्