‘आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ’ « Khabarhub

‘आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ’


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढंगले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए।

‘हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि राम्रो सम्भावना बोकेको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘बूढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, यहाँ विद्युत् उत्पादनको प्रशस्त सम्भावना छन् ।’

ऊर्जाका क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अवस्थामा राज्य एक्लै र नसक्ने अवस्थामा निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि लामो समयसम्म आम्दानी गर्नसक्ने गरी काम गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । नवलपुरको धौबाजीमा रहेको फलाम खानीमा लगानी गर्नुपर्छ भन्ने सोचमा प्रदेश सरकारको रहेकोसमेत उनले जानकारी दिए ।

पर्यटन गण्डकी प्रदेश सरकारको प्रमुख आयस्रोत भएको भन्दै मुख्यमन्त्री पाण्डेले बढीभन्दा बढी पयर्टक भित्र्याएर प्रदेश सरकारको आयस्रोत वृद्धि गर्दै आत्मनिर्भर प्रदेश बनाउने योजना प्रदेश सरकारको रहेको बताए। उनले गाँजा खेती तथा घरेलु मदिरलाई ब्रान्डिङ गरेर पनि प्रशस्त आम्दानी गर्नसक्ने अवस्था भएको आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने बताए ।

‘गाँजा भनेको लागूपदार्थ मात्र होइन । यो औषधिजन्य पदार्थ पनि हो भन्ने कुरा अध्ययनले देखाएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यसबाट कपडा उत्पादन गर्न सकिन्छ, यसलाई हामीले अध्ययन अनुसन्धान गर्नुपर्‍यो, यदि गाँजा औषधिजन्य पदार्थ हो भने यसलाई नियमनकारी निकाय गठन गरेर लागूऔषधमा प्रयोग हुन नसक्ने अवस्था सिर्जना गरेर कानुनी व्यवस्था गरी यसको खेती वैध गराउनुपर्छ ।’

मुख्यमन्त्री पाण्डेले घरेलु मदिराको पनि गुणस्तर बढाएर व्यावसायिक ढंगबाट राज्यको दायरामा ल्याउनसके स्थानीय तथा प्रदेश सरकारलाई आर्थिक वृद्धिका लागि बताए ।

 फरक प्रसंगमा मुख्यमन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको चाहनाअनुसार आएको व्यवस्था भएकाले कसैले नचाहँदैमा गणतन्त्र नउल्टिने बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र लहडमा आएको होइन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले जसले गणतन्त्र चाहिँदैन भनिरहेका छन् उनीहरूलाई गणतन्त्र कसरी आयो भन्ने नै थाहा छैन ।’ उनले अहिलेको व्यवस्थालाई स्वीकार गरेर संविधानलाई मानेर संसद्मा पुगेका व्यक्तिले गणतन्त्रकोविरुद्ध बोल्नु उचित नभएको उल्लेख गरे । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ३ : ४८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष