आरजु राणा देउवा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको छैन : गृह मन्त्रालय « Khabarhub

आरजु राणा देउवा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको छैन : गृह मन्त्रालय


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरु डा आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. राण देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको उल्लेख गरेको हो ।

मन्त्रालयले उपप्रधान एवम् गृहमन्त्रीले कार्यभार सम्हालेयता भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ निष्पक्ष र दबाबरहित ढंगले अनुसन्धान तथा कारवाही अघि बढाउन प्रहरीलगायत सुरक्षा निकायलाई निर्देशन दिएको जनाएको छ ।

प्रहरीबाट नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढी अदालतमा अभियोजन माग दाबी लिई मुद्दाको पुर्पक्ष भइरहेको उल्लेख गर्दै भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीले कुनै व्यक्तिलाई लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झूठा भएको जनाइएको छ । मन्त्रालयले सत्यमा आधारित नभइ प्रकाशित यस्ता समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता विषयमा जिम्मेवार समाचार प्रकाशन गर्ने संस्था सतर्क रहनु आवश्यक रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानबिन गरी उचित निष्कर्षमा पुर्याउन सबैले सहयोग पुर्‍याउनसमेत मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ । यसअघि सार्वजनिक समाचारमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा डा. राण देउवा र सिटौलालाई पक्रउ गर्न निर्देशन दिएको भन्ने समाचार आएको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ५ : १० बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति