अनलाइन जुवा खेलाउने  ४ जना पक्राउ  « Khabarhub

अनलाइन जुवा खेलाउने  ४ जना पक्राउ 


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनलाइनमार्फत् जुवा खेलाउने ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा बसोबास गर्ने उनीहरुले विभिन्न अनलाइन गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टेबाजी खेल खेलाउने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँका कलंकी, ठमेल र बालाजु हाइटलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं- ९ घर भएका २४ वर्षीय छोरा राजा चौधरी, सोही उपमहानगरपालिका वडा नं- ८ घर भएका रन्हु चौधरीका २५ वर्षीय छोरा विवेक चौधरी, काठमाडौँ महानगरपालिका वडा नं- २६  ठमेल बस्ने बर्ष २५ वर्षीय  रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका वडा नं- २ घर भएका चेतमान गुरुङको २४ वर्षीय छोरी आशा गुरुङ  रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : १८ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय