पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह « Khabarhub

पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातनापीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा आयोगले यातनासम्बन्धी उजुरीहरुमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही तथा पीडकबाट क्षतिपूर्ति भराउने जस्ता सिफारिस सरकारलाई गरेको उल्लेख गर्दै ती सिफारिस कार्यान्वयनमा जोड दिन स्मरण गराएको छ । 

यातनासम्बन्धी उजुरीहरुमा करिब दुई सय वटाको आयोगले सिफारिस गर्दै पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न भनेको छ । ‘यी सिफारिसको कार्यान्वयनको सन्दर्भमा केहीमा पीडितहरूलाई क्षतिपूर्ति दिलाउनेबाहेक पीडकलाई कारबाही गर्ने कार्यहरू अत्यन्त न्यून देखिएकाले आयोगको सिफारिस कार्यान्वयनमा जोड दिन सरकारलाई यस अवसरमा आयोग पुनः स्मरण गराउँदछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उनका अनुसार हाल आयोगमा यातनासम्बन्धी तीन सय ५८ वटा उजुरीहरू विचाराधीन अवस्थामा रहेका छन् । ‘स्थापनादेखि नै यातना दिइने कार्यको विरुद्ध अनुगमन तथा अनुसन्धान गर्दै आइरहेको छ । नेपालमा विगतको सशस्त्र द्वन्द्वको समयमा पक्राउ गरी मानसिक तथा शारीरिक यातना दिइएका घटनाहरुको विषयमा उजुरी दर्ता गर्ने र ती घटनाहरूमा आयोगले अनुगमन तथा अनुसन्धान गरी सरकारसमक्ष सिफारिस गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

आयोगले कसैले पनि कुनै पनि व्यक्तिलाई कुनै पनि बहानामा यातना दिने कार्य कानुन विपरीत भएको जनाउँदै व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन समेत भनेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ५८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम