विदेशी नागरिक बनेर आठ लाख बढी रकम ठगी « Khabarhub

विदेशी नागरिक बनेर आठ लाख बढी रकम ठगी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक महिलाले विदेशी नागरिक बनेर मायाजालमा पारी आठ लाखभन्दा बढी रकम ठगी गरेकी छिन् । त्यसरी मानिसहरुलाई मायाजालमा फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको पाइएको छ ।

त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि कस्टम चार्ज, डलर चार्ज वापतको रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनले भने , “सुरुमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर गठी कार्य गर्ने ललितपुरका महिला भएको पहिचान भयो ।”

सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरुलाई सम्पर्क गर्ने र त्यसपछि आफू इङ्ग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीका अनुसार विदेशी नागरिक भनेपछि नेपालीहरु त्यसै लोभिन्छन् । त्यसमाथि उनी पीडितलाई साथी भई म्यासेजमार्फत कुराकानी गर्दा पीडितलाई फोटो पठाउन लगाई तिमीलाई मन पराउँछु, माया गर्छु भनी ह्वाट्एपबाट सम्पर्क गर्न थाल्छिन् ।

म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाई दिएको छु भनेर पीडतलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ । त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र तपाइँको सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जबापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलेको छ ।

उनले पटक–पटक गरी जम्मा रु आठ लाख ४० हजार रकम पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडितहरु प्रहरीमा आइपुगेका छन् । उनलाई प्रक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवम् कारबाही थालिएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ११ बजे

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको