राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी « Khabarhub

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई छ महिनाको समयसीमा निर्धारण गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए।

गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरुले वडा तहबाटै सङ्गठन गठन, पुनःगठनलगायत तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा छलफल नसकिएकाले आजसम्म सञ्चालन भएको बैठकमा ‘राप्रपाः अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रुपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो । पार्टी गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको सङ्गठन सुदृढीकरण, कृयाशील सदस्य वितरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा पनि थप छलफल गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ४४ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई