सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकारको दिनगन्ती सुरु हुन्छ : रास्वपा सभापति लामिछाने « Khabarhub

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकारको दिनगन्ती सुरु हुन्छ : रास्वपा सभापति लामिछाने


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई पनि निष्कर्षमा पुर्‍याउन नसके सरकार दिनगन्ती सुरु हुने बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाइ रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत सुझाव दिए ।

लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउदै यस विषयमा गृहमन्त्रीले सदनमा चितबुझ्दो जवाफ दिनुपर्ने माग गरे । उनले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ३१ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे