भेरी अस्पतालमा एमआरआइ मेसिन « Khabarhub

भेरी अस्पतालमा एमआरआइ मेसिन


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जानकी– पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले एमआरआई मेसिन आइपुगेको छ  । तीन वर्षदेखिको प्रयासपछि झण्डै २४ करोड मूल्यबराबरको थ्रिटी एमआरआइ मेसिन मंगलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँले जानकारी दिए । 

उनले यहाँ सुविधासम्पन्न एमआरआइ मेसिन  उपलब्ध भएकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा  निकै उपलब्धिपूर्ण भएको बताए । ‘तीन वर्षदेखिको प्रयासपछि अस्पतालमा मेसिन आइसकेकाले यथासम्भव सीमित स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आमजनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने छौँ । यसले सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा हामी विश्वस्त छौँ ।’ उनले भने, ‘आजैदेखि यसलाई जडान गर्न थालिने छ  । त्यसका लागि पूर्वाधार तयार गर्न यसअघि नै नयाँ भवनमा इमरजेन्सी कक्ष सारिसकेका छौँ ।’

तीन वर्ष अघि डा प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा यहाँ विशिष्टीकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा थापा नेतृत्वले एमआरआइका लागि पहल गरेका थिए ।  रु १८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेसिनका लागि डेढ वर्षअघि खुल्ला बोलपत्रमार्फत एलसी खोलिएकामा विभिन्न प्रशासनिक झमेला भएपनि खरिद प्रक्रियाले साकाररूप लिएको थियो । 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ५७ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय