२६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन « Khabarhub

२६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैयाले आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ भन्दा गत वर्ष रू चार करोड ४२ लाख ५६ हजार बढी राजस्व सङ्कलन भएको हो ।

सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहाले रू तीन करोड ८० लाख ४३ हजार र सबैभन्दा कम सर्लाहीले रू दुई करोड ४६ लाख ७० हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले रू तीन करोड दुई लाख २३ हजार पाँच सय र बारास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले रू दुई करोड ७६ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै पर्साले रू तीन करोड ४२ लाख ६५ हजार, रौतहटले रू तीन करोड एक लाख चार हजार, महोतरीले रू तीन करोड २३ लाख ६८ हजार पाँच सय, धनुषाले रू दुई करोड ५९ लाख ६७ हजार पाँच सय र सप्तरीले रू दुई करोड ५३ लाख ५६ हजार पाँच सय राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लामा गत आवमा पाँच हजार नौ सय ८८ सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा पाँच सय ५६ को मृत्यु भएको छ भने नौ हजार छ सय ७० घाइते भएका कार्यालयले जनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले प्रदेशका सबै जिल्लामा विभिन्न समयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए ।

गत आवमा छ हजार दुई सय ७५ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख २३ हजार पाँच सय ९१ सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत गराइएको प्रदेशका समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : ०१ बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध