२६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन | Khabarhub Khabarhub

२६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैयाले आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ भन्दा गत वर्ष रू चार करोड ४२ लाख ५६ हजार बढी राजस्व सङ्कलन भएको हो ।

सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहाले रू तीन करोड ८० लाख ४३ हजार र सबैभन्दा कम सर्लाहीले रू दुई करोड ४६ लाख ७० हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले रू तीन करोड दुई लाख २३ हजार पाँच सय र बारास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले रू दुई करोड ७६ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै पर्साले रू तीन करोड ४२ लाख ६५ हजार, रौतहटले रू तीन करोड एक लाख चार हजार, महोतरीले रू तीन करोड २३ लाख ६८ हजार पाँच सय, धनुषाले रू दुई करोड ५९ लाख ६७ हजार पाँच सय र सप्तरीले रू दुई करोड ५३ लाख ५६ हजार पाँच सय राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लामा गत आवमा पाँच हजार नौ सय ८८ सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा पाँच सय ५६ को मृत्यु भएको छ भने नौ हजार छ सय ७० घाइते भएका कार्यालयले जनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले प्रदेशका सबै जिल्लामा विभिन्न समयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए ।

गत आवमा छ हजार दुई सय ७५ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख २३ हजार पाँच सय ९१ सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत गराइएको प्रदेशका समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : ०१ बजे

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई