प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाए । दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उनको भनाइ थियो ।

सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित गर्न खोजेको पछिल्लो सुन प्रकरणबाट देखिएकाले यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरे। एउटा भरिया र चालकलाई पक्राउ गरेर दोषीलाई जोगाउन नहुने उनको भनाइ थियो ।

सांसद विना जयसवालले तराई क्षेत्रमा खानेपानीको समस्या भएको उल्लेख गर्दै पानीबिना छट्पटाइरहेकालाई केन्द्र र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताइन् । मधेसमा आपत आएका बेला यसको समाधान गर्न स्थानीय सरकारसँग माथिल्ला दुई तहका सरकारले पनि हातेमालो गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद राजेन्द्र बजगाईँले गोरुलगायत पशु अकालमा मरिरहेकामा कृषि मन्त्रीको ध्यान नगएकाले यस विषयमा काम गर्नुपर्नेमा जोड दिए। सांसद ठाकुर गैरेले पशुपतिनाथमा लगाइएको जलहरीको सुनको चर्चा संसद्मा चलाएर विमानस्थलमा सुन तस्करीको योजना बनेको आरोप लगाए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : ४४ बजे

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्